५ जेष्ठ २०८१, शनिबार

प्रधानमन्त्रीद्वारा राप्ती नदीको पुल उद्घाटन



माघ ,१२ काठमाडौ ।प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती नदीको पुल आज उद्घाटन गरेका छन । दाङको राप्ती गाउँपालिका–७ सिसनिया र गढवा गाउँपालिका–२ महदेवा जोड्ने राप्ती नदीको पुल उनले उद्घाटन गरेका हुन ।

गत असारमै निर्माण सम्पन्न भएर प्रयोगमा आइसकेको पुलको आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । पुल उद्घाटनपछि राप्ति गाउँपालिका–२ लालबटियामा आयोजना हुने सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनी नेपाली सेनाको हेलिकप्टरबाट अहिले केहीबेर अघि दाङको राप्ती गाउँपालिका–७ सिसनिया र गढवा गाउँपालिका–२ महदेवा जोड्ने राप्ती नदीको पुलमा अवतरण गरेर
प्रधानमन्त्री ओलीले अहिले केहीबेरमा पुलको उद्घाटन गरिसकेका छन् ।गत असारमै निर्माण सम्पन्न भएर प्रयोगमा आइसकेको पुल आज प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन ।

दाङ देउखुरीस्थित राप्ती नदीको पुल एक वर्ष पहिले नै निर्माण पुरा भएको थियो । राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको लम्बाई ८६० मिटर छ । चौडाइ साढे १० मिटर छ । करिब एक अर्बको लागतमा पुल निर्माण गरिएको हो ।

चार वर्षअघि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिलान्यास गरेको राप्ती नदीको पुल उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली दाङ आएका हुन्।



प्रतिक्रिया दिनुहोस !