३० बैशाख २०८१, आईतवार

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम साढे २ अर्ब माथि



११ माघ, काठमाडौं । आज नेपाल स्टक एक्सेन्ज (नेप्से) कारोबार पहिलो घण्टामै दोहोरो अंकले बढेको छ ।

नेप्से परिसुचक १२ बजेसम्म आउँदा १३.०९ अंकले बढेर २४३७.९३ को बिन्दुमा पुगेको छ । कारोबारको सुरुवातबाट नै उकालो लागेको नेप्से ०.५४ प्रतिशतले बढेको हो ।

एक घण्टाको अवधिमा सेन्सेटिभ ०.०७ अंकले ओरालो लागेको छ । सेन्सेटिभ ०.०१ प्रतिशतले ओरालो लागेर ४५२ को बिन्दुमा पुगेको हो ।

कारोबारका १२ उपसमुहमा ४ उपसमुह ओरालो लागेका छन् । हालसम्म्म कारोबारमा आएका १९९ कम्पनिको ५५ लाख ९९ हजार ६६२ कित्ता शेयर २२ हजार ४८० पटक खरिद बिक्री हुदाँ २ अर्ब ५८ करोड ४९ लाख ७६ हजार बराबरको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !