२८ बैशाख २०८१, शुक्रबार

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । गत शुक्रबारदेखि नेपाली बजारमा सुनको मूल्य लगातार घटिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य ९२ हजार ४ सय रुपैयाँ प्रतितोला कायम भएको महासंघका जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य ९१ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

सोमबार पनि चाँदीको मूल्य भने स्थीर रहेको छ । महासंघका अनुसार सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ६० रुपैयाँ छ ।



प्रतिक्रिया दिनुहोस !