५ जेष्ठ २०८१, शनिबार

काठमाडौंका सबै विद्यालय सञ्चालन गर्न अनुमति



काठमाडौं। काठमाडौं महानगरपालिकाले दश महिनापछि काठमाडौंका सबै विद्यालयलाई सञ्चालनको गर्न अनुमति दिएको छ ।

कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेका विद्यालय स्वास्थ्य मापदण्ड पालना गर्दै यही माघ ११ गते आइतबारदेखि सञ्चालनको अनुमति दिएको हो।

काठमाडौं महानगरपालिकाले आइतबार बसेको शिक्षा समितिको बैठकले विद्यालय चलाउन अनुमति दिए निर्णय गरेको हो।

समितिका अध्यक्ष एवं काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्डका आधारमा विद्यालय सञ्चालन कार्यढाँचा तयार गरी कक्षा सञ्चालनको व्यवस्था मिलाउन सबै विद्यालयलाई सूचित गर्ने जानकारी दिए।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका–२०७७’ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको ‘स्वास्थ्य सुरक्षा मापदण्ड’ बमोजिम विद्यालय व्यवस्थापन समिति र अभिभावक सङ्घको अनुगमन तथा रेखदेखमा विद्यालय सञ्चालन गरिने पनि उनले बताए।



प्रतिक्रिया दिनुहोस !