३१ बैशाख २०८१, सोमबार

पार्टीभित्र घुसेका सामन्तीहरुले व्यवस्था उल्ट्याउन चेष्टा गरेका छन्: प्रचण्ड



१२ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउन कम्युनिस्ट पार्टी भित्रै घुसेका ‘सामन्ती’हरु लागिरहेको बताएका छन् ।

सोमबार कोटेश्वरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सामन्ती, निरंकुशता, प्रतिगमन र अराजकतातिर देशलाई धकेल्न षड्यन्त्रविरुद्ध देशव्यापी रुपमा आन्दोलन भइरहेको भन्दै त्यसलाई परास्त गरेरमात्रै विश्राम लिने बताए ।

उनले भने प्रतिगमनलाई हरहालतमा परास्त गर्नैपर्छ । नेपाल र नेपाली जनताका लागि । उत्पीडित आदिवासी सवै किसिमका जनताको संघर्ष हो । जसरी गणतन्त्रलाई स्थापित गरिएको छ यसलाई उल्टाउने कम्युनिस्ट पार्टीभित्र घुसेका सामन्तीहरुले गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !