६ जेष्ठ २०८१, आईतवार

गाडीको ठक्करबाट एकको मृत्यु



१२ माघ, बारा। बारामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनको परिचय खुल्न सकेको छैन । उनी मागेर हिँड्ने मानिस रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षकले जानकारी दिएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्र्तगत बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ आदाभार जंंगलमा उनलाई बिहान नम्बर नखुलेको गाडीले ठक्कर दिएको थियो ।

दुर्घटनामा मानिसको मृत्यु भएको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !