२ जेष्ठ २०८१, बुधबार

जनगणनाका लागि ४७ हजार जनशक्ति माग, यसरी दिनुहोस् अनलाइन दरखास्त



काठमाडौं। राष्ट्रिय जनगणना २०७८ का लागि केन्द्रीय तथ्यांक विभागले गणक तथा सुपरिवेक्षक पदमा अनलाइन दरखास्त आह्वान गरेको छ ।

गणनामा खटाउन विभागले करारमा गणक र सुपरिवेक्षक राख्ने भएको हो। विभागले करिब ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना गर्न लागेको जनाएको छ।

इच्छुकले २०७७ चैत ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरुका लागि चैत्र ५ गतेदेखि चैत ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिएका छन्।

अनलाइन दरखास्त फारामसम्बन्धी थप जानकारी लिन यहाँ क्लिक https://censushrms.cbs.gov.np/गर्नुहोस् ।

कस्ता व्यक्तिले आवेदन दिन सक्छन्

न्यूनतम शैक्षिक योग्यता:
  • स्नातक तह वा सोसरह उत्तीर्ण गरेको ।
  • उमेरस् दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको। महिलाको हकमा ४५ वर्ष ननाघेको ।
  • स्थानीय तहस् सम्बन्धित स्थानीय तहमा बसोबास गरेको नागरिक।



प्रतिक्रिया दिनुहोस !