६ जेष्ठ २०८१, आईतवार

ताला फोरेर पोखरा वन क्याम्पसबाट वन्यजन्तुको अंग चोरी



११ माघ, पोखरा । पोखरा-१५ हरियोखर्कस्थित वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालाबाट वन्यजन्तुका बहुमूल्य अंग नै चोरी भएको पाइएको छ ।

बाघ तथा चितुवाको छाला ६ थान, चितुवाको टाउको, दाँत, हण्डी, २ थान मृगको सिङ, १ थान छाला, बदेलको टाउको, हड्डी लगायत वन्यजन्तुका बहुमूल्य सामान चोरी भएको हो ।

प्रयोगशालाको मूलगेटको ताला फरेर देखिए पछि सुरक्षाकर्मीले क्याम्पसमा जानकारी गराए । क्याम्पस प्रशासनले प्रहरीलाई जानकारी गरायो । क्याम्पस प्रशासनकै मातहतमा प्रहरीले जाँच गर्दा प्रयोगशालाबाट वन्यजन्तुका बहुमूल्य अंग नै चोरी भएको पाइएको हो।

१ हजार ३५० रोपनी क्षेत्रफलमा संस्थानको वन फैलिएको छ । १ सय ७६ रोपनीमा क्याम्पसका विभिन्न भवन निर्माण भएका छन् । क्याम्पसको होस्टेलमा २ सय ५० विद्यार्थी बसिरहेका छन् । आवासमा अन्य कर्मचारी पनि बस्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !