३० बैशाख २०८१, आईतवार

बार्सिलोना एल्चेमाथि जित, जितसँगै तेस्रो स्थान



१२ माघ काठमाडौं । गएराति भएको स्पेनिस ला लिगा अन्तर्गत खेलमा बार्सिलोनाले एल्चेमाथि जित निकालेको छ। स्टेडियो म्यानुअल मार्टिनेज भालेरोमा सम्पन्न खेलमा बार्सिलोनाले एल्चेमाथि २-० गोल अन्तरले जित निकालेको हो।

खेलको ३९ मिनेटमा फ्रेन्की डी जोङको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो। पहिलो हाफमा बार्सिलोना एक गोलले अघि रह्यो। दोस्रो हाफमा रिकी पुइगले गोल गर्दै बार्सिलोनाको अग्रता बढाए। उनले खेलको ८९ औं मिनेटमा डी जोङको पासमा गोल गरेका थिए।

जितसँगै बार्सिलोना तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। १९ खेलबाट ३७ अंक जोडेको बार्सिलोनाले ३६ अंक जोडेको सेभियालाई पछि पार्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। तालिकाको शीर्ष स्थानमा एट्लेटिको मड्रिड छ भने दोस्रो स्थानमा रियल मड्रिड छ।



प्रतिक्रिया दिनुहोस !