२० बैशाख २०८१, बिहीबार

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति नेपाल बार एशोसिएशनको आपत्ति, कारवाहीको माग(विज्ञप्तिसहित)



११ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर नेपाल बार एशोसिएशनले आपत्ति जनाएको छ ।

नेपाल बार एसोसिएसनले कानुन व्यवसायीहरू र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका अभिव्यक्तिलाई लिएर खेद व्यक्त गर्दै सार्वजनिक रूपमा माफी माग्न माग गरेको छ ।

महासचिव लीलामणि पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री खड्गप्रसाद ओलीले माघ ९ गते आफ्नो पार्टीको कार्यक्रममा सम्बोधन गर्ने क्रममा ‘वकिलले कुरा फिटेका फिट्यै छन्, केही वकिलहरुले एकजना बाज वकिललाई लिएर गएछन् त्यहाँ तमासा हेर्न’ भनेकोप्रति आपत्ति जनाएका हुन् ।

प्रधानमन्त्रीको सो अभिव्यक्ति संविधान, कानुन र प्रधानमन्त्री स्वयंको पदीय मर्यादा, आचरण अनुकुल नरहेको बार एशोसिएशनको ठहर छ । ‘उक्त अभिव्यक्ति हाम्रा वरिष्ठतम् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीज्यू र समग्र कानुन व्यवसायीकै विरुद्धमात्र नभएर अदालतकै मानहानी(अवहेलनाजन्य कार्यसमेत हो,’ महासचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्रीको सो अभिव्यक्तिलाई ‘अमर्यादित, अपमानजनक र असहिष्णु’ संज्ञा दिँदै बार एशोसिएशनले गम्भीर आपत्ति र खेदसमेत व्यक्त गरेको छ । एशोसिएशनले उक्त अभिव्यक्तिप्रति सार्वजनिक रुपमा माफी माग्न प्रधानमन्त्रीसमक्ष मागसमेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस !