२२ बैशाख २०८१, शनिबार

नेपाल प्रहरीका १८ एसएसपीहरुको सरुवा र पदस्थापन (सूचीसहित)



११ माघ, काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरुको सरुवा र पदस्थापन भएको छ ।

गत पुस २९ गते बढुवाका लागि सिफारिस भएका ११ एसएसपीहरुसहित अन्य ७ जनाको सरुवा तथा पदस्थापन भएको हो ।

एसएसपीहरु क्रमश जनकराज पाण्डेयको सूदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा, कृष्णकुमार महतको प्रहरी हेडक्वार्टर सुपरिवेक्षण तथा अनुगमन शाखा, गोविन्दकुमार शाहको १ नम्बर प्रदेश कार्यालय, उमाशंकर पञ्जियारका प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, अर्जुनचन्द ठकुरीका कर्णाली प्रदेश प्रहरी सरूवा भएको छ ।

त्यसैगरी, सुरेन्द्रप्रसाद मैनालीको लुम्बिनी प्रदेश कार्यालय, कृष्णहरी शर्मा पोखरेलको अन्वेशण तथा विकास निर्देशनालय, चक्रबहादुर सिंहको महानगरिय प्रहरी कार्यालय, रानिपोखरी, डिल्लीराज पन्तको सुरक्षा परिषद्, मधुसुदन लुईटेल–१ नम्बर प्रदेश कार्यालय ९सुरक्षा महाशाखा० र मोहनप्रसाद पोखगरेलको गण्डकी प्रदेश प्रहरी कार्यालयमा पदस्थापन भएको छ ।

त्यसैगरी ७ जना एसएसपीहरुमध्ये विष्णुुकुमार केसीलाई जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरको प्रमुख बनाइएको छ भने बुद्धिराज गुरुङको एकेडेमी, मोहन कुमार आचार्यको प्रहरी प्रधान कार्यालय प्रदेश समन्वयन निर्देशनालय, हरिराज वाग्लेको बागमती प्रदेश प्रहरी कार्यालय, प्रदिपकुमार श्रेष्ठको अन्तर्राष्ट्रि प्रहरी समन्वय महाशाखा, हेडक्वार्टर, दुर्गा सिंहको मानव बेचविखन ब्यूरो र रविन्द्र केसीको अपराध अनुसन्धान विद्यालय, महाराजगञ्जमा सरुवा भएको छ ।

बढुवा तथा पदस्थापन भएकाहरुको सूची यस्तो छ



प्रतिक्रिया दिनुहोस !