१८ बैशाख २०८१, मंगलवार

नेपालमा पछिल्लो २४ घण्टामा २७० कोरोना संक्रमित थपिए, ७ को मृत्यु



११ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार ३१२ रहेको छ ।यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १८० थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार १ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !