६ जेष्ठ २०८१, आईतवार

अपांगता भएका व्यक्तिहरुको साथमा सरकार छ: प्रधानमन्त्री ओली



११ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपांगता भएका व्यक्तिहरुको साथमा सरकार रहेको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित अपांगता भएका व्यक्तिहरुसँगको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले अपांगता भएका व्यक्तिको जीवनका समस्याका विषयमा सरकारले सोच्ने बताएका छन्। उनले यस सम्बन्धमा आवश्यक काम अगाडि बढाउने बताए।

प्रधानमन्त्री ओलीले भने ‘जो व्यक्ति आफै सक्षम छैन, सबैभन्दा पहिला सरकार उसलाई चाहिन्छ, । त्यसकारण सरकार तपाईंहरुको साथमा छ, जसलाई सबैभन्दा बढी सहयोगको आवश्यकता हुन्छ।’

उनले देशमा सबैले सुरक्षित र सम्मानित ढंगले बाँच्न पाउनुपर्ने बताए। उनले देशको रक्षादेखि सुशासन कायम गर्नु र जनताको समस्याको पहिचान गरी समधान दिनुसम्म सरकारको काम भएको उनले बताए।



प्रतिक्रिया दिनुहोस !