२० बैशाख २०८१, बिहीबार

संसदलाई पाँच बर्षको जागिर ठान्नेहरुले अहिलेको कदमको विरोध गरे: ओली



११ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई पाँच बर्षको जागिर ठान्नेहरुले अहिलेको कदमको विरोध गरेको आरोप लगाएका छन् ।

अपांगता भएका व्यक्तिहरुसँगको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाएर स्थिरताको नाटक गर्ने संसदमा ५ बर्षनै जागिर खान पाउनु पर्छ चुनिएर आएपछि भन्ने, संसद भनेको जागिर हो ? सांसद भनेको जागिर होइन उनले भने ।

अन्तरक्रियामा ओलीले स्थिरताको लागि ताजा जनादेशमा जादा संबिधान विरोधी काम नहुने भएको पनि बताएका छन् । प्रधानमन्त्री ओलीले स्थिरतालाई भत्काएर अस्थिरता निम्त्याउने प्रयास भएकाले आफुले जनतामा जाने निर्णय गरेको भन्दै आफुले शासन आफ्नो हातमा नलिएको बताए । उनले भने, मैले शासन हातमा लिएको छैन, म तानाशाह होइन ।

अब निर्वाचनबाट नै को सहि र को गलत भन्ने निर्णय हुने भन्दै प्रधानमन्त्री ओलीले निर्वाचनमा ध्यानकेन्द्रित गर्न सबैलाई आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !