२६ बैशाख २०८१, बुधबार

अहिले प्रधानमन्त्री ओलीसँग हिँड्नु भनेको नर्क गए जस्तै हुनु हो: नेता भट्टराई



११ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेता योगेश भट्टराईले अहिलेको अवस्थामा प्रधानमन्त्री केपी ओलीको पक्षमा लिग्नु भनेको नर्क गएसरह हुने बताएका छन्।

प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद् सदस्यबाट बाहिरिएका भट्टराईले इटहरीमा दाहाल-नेपाल समूहको कार्यकर्ता भेटघाटमा उनले यस्तो बताएका हुन्।

भट्टराईले ओलीको प्रतिगमनविरुद्ध नलाग्न कार्यकर्तालाई आग्रह गर्दै यस्तो अवस्थामा ओलीसँग हिँड्नु भनेको नर्क गएसरह हुने जिकिर गरेका हुन्।

नेता भट्टराईले कम्युनिष्ट पार्टीको कार्यकर्ता विचार र सिद्धान्तबाट निर्देशित हुने बताउँदै छलफल र संवादबाट भाग्नेको पक्षमा लाग्नै नहुने जिकिर गरे। भट्टराईले भने, प्रधानमन्त्री मनपरी र स्वेच्छाचारी ढंगले हिँडिरहनु भएको छ,’ विवेकशील र चेतनायुक्त मान्छेले प्रधानमन्त्रीको हुकुमलाई मान्नै सक्दैन।

उनले विवाद समाधानका लागि पार्टी स्थायी कमिटीमा छलफल गर्न खोज्दा ओली भागेको आरोप उनले लगाए। आफूमाथिका प्रश्नको जवाफ माग्दा ओलीले संसद् विघटन गर्ने दुस्साहस गरेको जिकिर पनि गरेका छन्।

‘अहिले दुवै समूहका कार्यक्रममा कति श्रम र खर्च भइरहेको छ, केही दिन छलफल गरेको भए यति रुवाबासी गर्नुपर्दैन थियो,’उनले अगाडि थपे, ुप्रत्येक पार्टी नेता, कार्यकर्ता र सदस्यहरुले इज्जतकासाथ काम गर्ने वातावरण हुनुपर्छ। उमेर हद तोकेर एक व्यक्ति दुई पटकभन्दा धेरै प्रधानमन्त्री बन्न नसक्ने व्यवस्था गर्नु जरुरी छ।

ओलीले प्रतिगामी कदम चालेकाले अहिले त्यसविरुद्ध संघर्षमा उत्रिनुपरेको जिकिर योगेशले गरेका छन्।



प्रतिक्रिया दिनुहोस !