५ जेष्ठ २०८१, शनिबार

ओली पक्षधरले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्षधरले महाधिवेशन आयोजक कमिटी गठन गरेको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ ।

पार्टी केन्द्रीय कमिटीमा बहुमत नभएपछि ओलीले महाधिवेशन आयोजक कमिटी गठन गरेका हुन् । हाल केन्द्रीय कमिटीमा चार सय ४१ सदस्य रहेकोमा त्यसलाई महाधिवेशन आयोजक कमिटी बनाएर ७ सय ५८ जनालाई थप गर्न लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस !