२ जेष्ठ २०८१, बुधबार

मिस धादिङ उपाधि जिताइदिने भन्दै पैसा लिने हिमानि र कमललाई धादिङ ने.वि संघले बुझैदिए प्रहरीलाई (अडियोसहित)



धादिङ । धादिङमा चलिरहेको मिस धादिङ २०२१ को उपाधि जिताइदिने भन्दै पैसा लिएको भेटिए पछि प्रबन्ध निर्देसक तथा कोरियोग्राफर हिमानी सुब्बा र इभेन्ट मेनेजर कमल खतिवडालाई धादिङ ने.वि सघंले प्रहरीलाई बुझाएका छन् ।

उनिहरुले हामि तिमिहरुलाई जिताउ छौँ, भनेर सपना खतिवडा ४ लाख र शुसिला कवर संग डेड लाख मागेको ने वि संघलाई बताए पछि उनिहरुलाई समाएका थिए ।

ने.वि संघले शनिवार बेलुका चेक लिन गएको बेला भेटेर नौविसे प्रहरी चौकिमा बुझाएका हुन् । सपनाले ४ लाख मागेकोमा चेक मार्फत ३ लाख दिएको शुसिलाले १ लाख दिएको उनिहरुले बताएका छन् । उनिहरुले अघिल्लो बर्षको प्रतियोगीता पनि पैसा लिएको खुलेको छ ।



प्रतिक्रिया दिनुहोस !