६ जेष्ठ २०८१, आईतवार

कोरोना संक्रमणकारण विश्वभर पछिल्लो २४ घन्टामा करिब १४ हजारको मृत्यु



११ माघ, काठमाडौं। विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १३ हजार सात सय ६९ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका रहेका छन् । अमेरिकामा मात्रै २४ घन्टामा तीन हजार तीन सय ७९ जनाको मृत्यु भएको छ भने एक लाख ६६ हजार सात सय १७ जना संक्रमित थपिएका छन् ।

यसैगरी मेक्सिकोमा पछिल्लो २४ घन्टामा एक हजार चार सय ४० जनाको मृत्यु भएको छ भने बेलायतमा एक हजार तीन सय ४८ जना र ब्राजीलमा एक हजार एक सय ७६ जनाको मृत्यु भएको छ ।

रसियामा पाँच सय ५९ जना, इटालीमा चार सय ८८ जना, दक्षिण अफ्रिकामा चार सय ९८ जना, जर्मनीमा पाँच सय १६ जना, कोलम्बियामा तीन सय ९६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा विश्वमा ५ लाख ६७ हजार ७ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् ।



प्रतिक्रिया दिनुहोस !