६ जेष्ठ २०८१, आईतवार

यस्ता छन्, अदुवा चियाको फाइदा



११ माघ, काठमाडौं । अदुवालाई हामीले दैनिक भान्सामा प्रयोग गर्दै आइरहेका हुन्छौं । अदुवा हालेको चिया स्वादका साथ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । जब दिनको शुरुवात एक कप चियाबाट गर्ने बानी परेको छ भने तपाईको लागि अदुवा चिया निकै फाइदाजनक हुनेछ । अझ चिसोमा अदुवा हालेर चिया खादाका अनेकौँ लाभ छन् ।

जाडोमा रूघाखोकी लाग्दा अदुवाको चियाले फाइदा गर्छ । यसका साथै श्वासप्रश्वाससँग सम्बन्धित समस्या हल गर्न सक्ने क्षमता यो चियामा हुन्छ ।

अदुवाको चिया पिउँदा पाचक क्रियामा सुधार आउनेछ । धेरै खाना खादा अदुवाले पचाउन सहायता गर्छ । अदुवाको चियाले पेटको समस्या समेत कम हुन्छ । पेटमा भएको जलनसमेत हट्छ ।

यसमा भएको भिटामिन, मिनरल्स तथा अमिनो एसिडले रगत प्रवाहलाई राम्रो बनाउँछ । अदुवाको चियाले शरीरको सवै विकारलाई बाहिर निकाल्छ भने छाला समेत सफा हुन्छ भने अनुहारमा समेत चमक आउँछ ।

मानसिक तनावलाई कमी गर्न पनि अदुवा चियाले फाइदा पुग्छ । महिलामा मासिक धर्मको समस्या छ भने अदुवाका चिया पिउदा त्यसले फाइदा पुग्छ ।

अदुवाको चियामा कागती मिसाएर पिउँदा शरीरको वजनसमेत कम हुन्छ । भिटामिन सी, म्याग्नेसियम र अन्य खनिज पदार्थको मिश्रण हुने भएकोले अदुवा स्वास्थ्यको लागि फाइदाजनक छ ।

यात्रामा जानुअघि एक कप अदुवाको चिया पिउँदा फाइदा हुन्छ । यसले वाकवाकी आउन सक्ने सम्भावना न्यून बनाइदिन्छ ।

अधिकांश महिलाहरूलाई महिनावारीको समयमा पेट दुख्ने गर्छ । यस्तोमा तातो अदुवाको चियामा सफा रूमाल भिजाएर रूमाल तल्लो पेटमा राख्नाले दुखाइ कम हुनुका साथै मांसपेशी दुखाइमा राहत मिल्छ । अदुवाको चियामा मह राखेर पनि पिउन सकिन्छ ।



प्रतिक्रिया दिनुहोस !