३ जेष्ठ २०८१, बिहीबार

चर्चित अमेरिकी टेलिभिजन प्रस्तोता ल्यारी किङको निधन



१० माघ, काठमाडौं । चर्चित अमेरिकी टेलिभिजन प्रस्तोता ल्यारी किङको ८७ वर्षको उमेरमा निधन भएको छ। उनको अमेरिकाको लस एन्जलसस्थित सेडारस सिनाइ मेडिकल सेन्टरमा उपचारका क्रममा निधन भएको हो ।

उनको प्रोडक्सन स्टुडियो ओरा मिडियाले ट्विटरमार्फत किङको निधनको पुष्टि गरेको हो । उनले रेडियो र टेलिभिजनमा करिब ५० वर्ष अन्तर्वार्ता लिएको जनाइएको छ।

सिएनएनमा मात्र २५ वर्ष काम गरेका किङ अन्तर्वार्ताका लागि ‘किङ’ नै मानिन्थे । आफ्नो जीवनकालमा उनले हजारौं व्यक्तिको अन्तर्वार्ता लिएका थिए ।



प्रतिक्रिया दिनुहोस !