१ जेष्ठ २०८१, मंगलवार

रक्तश्राव नरोकिएपछि सेनाको हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार



१० माघ, दार्चुला । दार्चुलाबाट एक सुत्केरीको उद्धार गरिएको छ । अत्यधिक रक्तश्राव नरोकिएपछि व्यास गाउँपालिका–५ का २८ वर्षीया शोभा विष्टको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

जिल्ला अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्मिए पनि रक्तश्राव नरोकिएपछि थप उपचारका लागि ती महिलालाई हवाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।

उनलाई उपचारका लागि सुर्खेत अस्पताल लगिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरीको उद्धार गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !