२ जेष्ठ २०८१, बुधबार

श्रीमानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या



१० माघ, सिन्धुली । हरिहरपुरगढी गाउँपालिका वडा नं.१ चिसापानीमा श्रीमानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । शुक्रबार राती ११ बजे ४० वर्षीय शेर बहादुर बुजुले श्रीमती ३६ वर्षीय राममाया घलानलाई बञ्चरोले टाउकोमा हानी हत्या गरेका हुन् ।

बञ्चरो प्रहारबाट घाइते भएकी घलानको उपचारका क्रममा शनिबार विहान १० बजे हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपीले जानकारी दिएका छन् ।

घटनाको कारण खुल्न सकेको छैन । श्रीमान श्रीमतीको झगडा भइरहने गरेको स्थानीयले बताएका छन् । तर, खास के कारणले हत्या गरियो भन्ने बारेमा भने केहि खुलेको छैन । श्रीमतीलाई बञ्चरो प्रहार गरेपछि बुजु फरार रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !