ग्रिनलाइफ हाइड्रोपावरको आईपीओ निष्कासन हुँदै
१० माघ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले ग्रिनलाइफ हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ ।
बोर्डले कम्पनीलाई गत माघ २ गते आईपीओ निष्कासनको अनुमति दिएको हो । अब हाइड्रोपावरले ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्नेछ। कम्पनीले यस अघि नै आयोजना प्रभावितका लागि आइपीओ निष्काशन गरिसकेको छ ।
कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको छ ।