४ जेष्ठ २०८१, शुक्रबार

विश्वभर एकै दिन साढे ६ लाख कोरोना संक्रमित थपिए



काठमाडौं। विश्वभर पछिल्लो २४ घण्टाभित्र ६ लाख ४६ हजार चार सय ६४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यससँगै विश्वभर कोरोना भाइरस संक्रमितको संख्या नौ करोड ८७ लाख नौ हजार नौ सय ४३ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १५ हजार सात सय ५६ जनाले ज्यान गुमाएका छन्। हालसम्म संक्रमितमध्ये २१ लाख १४ हजार पाँच सय ७८ जनाले ज्यान गुमाइसकेका छन्।

विश्वमा रहेका संक्रमितमध्ये सात करोड आठ लाख ९२ हजार पाँच सय ९५ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। बाँकी दुई करोड ५७ लाख दुई हजार सात सय ७० जना कोरोना संक्रमित हाल उपचाररत रहेका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेका छन्। अमेरिकामा हालसम्म दुई करोड ५३ लाख ८८ हजार चार सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिकामा कोरोनाका कारण हालसम्म चार लाख २४ हजार एक सय ३४ जनाको मृत्यु भएको छ।

भारतमा कोरोना संक्रमितको संख्या एक करोड ६ लाख ४० हजार पाँच सय ४४ पुगेको छ। भारतका संक्रमितमध्ये एक लाख ५३ हजार २९९ जनाको मृत्यु भइसकेको छ।

कोरोना संक्रमित धेरै हुने तेस्रो देश ब्राजिलमा कोरोना संक्रमित ८७ लाख ५५ हजार एक सय ३३ जना पुगेका छन्, जसमध्ये दुई लाख १५ हजार दुई सय ९९ जनाको मृत्यु भइसकेको छ।

विश्वभर कोरोना संक्रमित बढी हुनेमा अमेरिका अग्रस्थानमा रहेको छ। अमेरिकापछि क्रमशः भारत, ब्राजिल, रूस, बेलायत, फ्रान्स, स्पेन, इटाली, टर्की, जर्मनी, कोलम्बिया, अर्जेन्टिनालगायत रहेका छन्।



प्रतिक्रिया दिनुहोस !