२९ बैशाख २०८१, शनिबार

यस्तो छ, आज दिनभरको मौसम



१० माघ काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

सुदुर-पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशको उच्च हिमाली भु-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही स्थानहरुमा बिहानीपख हुस्सु-कुहिरो समेत लाग्‍ने सम्भावना रहेकोले चिसोबाट बच्‍न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।



प्रतिक्रिया दिनुहोस !