६ जेष्ठ २०८१, आईतवार

स्मरणशक्ति बढाउन खानुहोस् यस्तो खानेकुरा



१० माघ, काठमाडौं । स्मरणशक्ति विकासका लागि हाम्रो जीवनशैली, खानपानको विषेश भूमिका खेलेको हुन्छ । जब शारीरिक स्वस्थ्य ठीक हुन्छ, शरीर चुस्त र तन्दुरुस्त हुन्छ । स्मरण शक्ति तेज हुन्छ । खराब जीवनशैलीका कारण स्मरणशक्ति घट्दै जान्छ ।

मानिसलाई निर्देश गर्ने मस्तिष्क हो । योग, ध्यान, प्राणायम यस्तो विधी हो, जसले मस्तिष्कको कार्य संचालनलाई सही राख्छ । त्यसैले योग, ध्यान र प्राणायमलाई दैनिक तालिकाभित्र समेट्नुपर्छ । अर्को विधी हो, खानपान ।

सामान्यत स्वस्थ्यकर, पोषिलो खानेकुरा सेवन गर्नुपर्छ । शरीरमा विकार पैदा गर्ने खानेकुराले स्मरण क्षमता कमजोर बनाउँछ । मदिराजन्य एवं तामासिक खानेकुराले स्मरण शक्ति नष्ट गर्छ । त्यसबाहेक अरु केहि यस्ता खानेकुरा छन्, जसले स्मरण क्षमता बढाउँछ ।

ब्रोकाउली

सबैभन्दा राम्रो पौष्टिक तत्व हुने आहारको रुपमा ब्रोकाउलीलाई लिइन्छ । यसमा अधिक मात्रामा भिटामिन्स, मिनरल्स तथा एन्टीअक्सिडेन्ट हुने गर्दछ साथसाथै क्यालोरीको मात्रा पनि कम हुन्छ ।

ओखर

ओखमा ओमेगा ३ फ्याटी एसिड अत्याधिक मात्रामा पाइन्छ । ओमेगा ३ का कारण मस्तिष्कमा सुचनाको आदानप्रदान राम्रोसँग हुन्छ । जसका कारण ओख्खर खानाले मस्तिष्क तेजिलो हुन्छ ।

माछा

मानिसको मस्तिष्कको करिब ६० प्रतिशत भाग बोसोले बनेको हुन्छ । त्यसैले मस्तिष्कलाई सक्रिय बनाउन पनि फैटी एसिडको आवश्यक्ता पर्छ । माछामा ओमेगाा ३ फ्याटी एसिड भरपूर मात्रामा पाइन्छ, जसले मस्तिष्क तेजिलो बनाउँछ ।

गोलभेडा

एन्टीअक्सिडेन्ट तथा लाइकोपिनले भरपूर गोलभेडाले मस्तिष्कको शक्ति बढाउँछ । फ्री रेडिकलले मस्तिष्कलाई हानी पु¥याउँछ । दैनिक गोलभेडाको सेवनले फ्री रेडिकलको समस्या हटेर जान्छ । जुनसुकै ठाउँमा पाइने गोलभेडालाई तरकारी, सलाद तथा अचारमा पनि प्रयोग गर्न सकिन्छ ।

ग्रीन टी

एन्टीअक्सिडेन्ट तत्वले भरपूर ग्रीन टीले सम्झना शक्ति बढाउन मद्दत गर्छ । यसमा पोलिफिनोल तत्व पाइन्छ, जसले स्मरण शक्ति अझै बढाउँछ । दैनिक दुई कप ग्रीन टी नियमित सेवनले स्मरण शक्ति बढाउँन निकै मत गर्छ ।

पालुङ्गो

पालुङ्गोमा पोटासियम हुन्छ । यसले मस्तिष्कको कोशिकामा राम्रो सम्पर्क बनाउँछ । साथै सोच्ने तथा याद राख्ने शक्ति बढाउँछ । पालुङ्गोमा एन्टीअक्सिडेन्ट बाहेक म्याग्निसियम, फोलेट, भिटामिन ‘ई’ तथा भिटामिन ‘के’ पाइन्छ, जसले डिमेन्सिया हुनबाट जोगाउँछ । पालुङ्गोले स्मरण क्षमता बढाउनुका साथै क्याल्सियमको समेत राम्रो स्रोत हो ।

बदाम

बदाममा भिटामिन ३ प्रचुरमात्रामा पाइन्छ । यसले मस्तिष्कमा फाइदा पु¥याउँछ साथै स्मरण क्षमता बढाउन मद्दत गर्छ ।

पालक साग


पालकको सागमा भिटामिन ईका साथसाथै आइरन(फलाम)को मात्रा पनि राम्रो हुने गर्दछ । यसले मस्तिष्कको क्षमता विकासका साथसाथै शरीरको रगत बढाउनसमेत मद्दत गर्दछ ।

एभोकाडो


एभोकाडो एउटा यस्तो फाइदाजनक फल हो जसमा भिटामिन ईका साथसाथै एन्टीअक्सिडेन्ट्सको मात्रा पनि उत्तिकै हुन्छ । यसले मस्तिष्क, अनुहार तथा कपाललाई समेत फाइदा गर्दछ ।

एक कप काटेको एभोकाडोमा दैनिक आवश्यकताको २१ प्रतिशत भिटामिन ई प्राप्त गर्न सकिन्छ । स्वास्थ्यप्रति गम्भीर हुने जोसुकैले पनि एभोकाडोलाई आफ्नो भोजनमा समावेश गर्न छुटाउँदैनन् ।



प्रतिक्रिया दिनुहोस !