२९ बैशाख २०८१, शनिबार

आज २०७७ माघ १० गते शनिवारको राशिफल



आज २०७७ माघ १० गते शनिवारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेषराशि

आज धार्मिक यात्राको योग र दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ ।

मिथुनराशि

आज अनावश्यक ठाउँमा धन खर्च बढ्न सक्छ ।सामान हराउने वा चोरी हुने सम्भावना छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

सिंहराशि

बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । कीर्तिमानी काम गर्ने समय छ ।

तुलाराशि

शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । अवसर गुम्न सक्ने र कार्य सम्पादनमा समस्या आउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

धनुराशि

दिनको उत्तरार्धमा अधिक धन पनि खर्च हुनसक्छ । आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

कुम्भराशि

नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कृषी कार्यमा सफलता मिल्नेछ । कार्यसिद्धि हुने अवसर मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ ।

बृषराशि

रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

कर्कटराशि

वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ ।

कन्याराशि

काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । नयाँ कामको थालनी हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य विस्तारै अघी बढ्नेछ ।

बृश्चिकराशि

पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख मिल्नेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथीको आगमन हुनेछ ।

मकरराशि

शुभकार्यको चर्चा चल्नेछ । आज टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता छाउनेछ ।

मीनराशि

आज शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला । मनमा उत्साहका साथै बोली विक्ने समयछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।



प्रतिक्रिया दिनुहोस !