२२ बैशाख २०८१, शनिबार

बुटवल जेसिजको ४७ औं पदास्थापन समारोह सम्पन्न



माघ,९ बुटवल।बुटवल जेसिजको ४७ औं पदस्थापन समारोह सम्पन्न भएको छ । समारोहमा बर्ष २०२० का अध्यक्ष राजिव गौतम नेतृत्वको कार्यसमितिले वर्ष २०२१ का अध्यक्ष गोपाल चापागाई नेतृत्वको कार्यसमितिलाई पदहस्तान्तरण गरेको थियो।

कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता गगन थापाले अहिले लोकतान्त्री व्यवस्था संकटमा परेको बताए। उनले संविधानलाई ट्रयाक बाहिर जान नदिन सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताए। 

कार्यक्रममा कांग्रेस नेता तथा प्रदेश सभा सदस्य फकरुद्धिन खान, नेपाल जेसिजका कार्यकारी उपाध्यक्ष भोजराज चापागाँई, देबदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्री मुलुक परिवर्तनको लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने बताएका थिए। 

कार्यक्रममा वर्ष २०२१ का लागि अध्यक्ष गोपाल चापागाइँ सहित बुटवल जेसिजका कार्यकारी उपाध्यक्ष  महेश पाण्डे, र अर्जुन गौतम, कानूनी सल्लाहकार हरिविक्रम कुँवर, महासचिव विनोद घिमिरे, कोषाध्यक्ष अर्जुन खनाल, उपाध्यक्ष मोहन न्यौपाने, अमर खत्री, आविश्कार खनाल र गोपाल न्यौपानेलाई पद हस्तान्तरण गरिएको थियो।

त्यसै गरी सहसचिव लेखनाथ न्यौपाने, सहकोषाध्यक्ष शशिराज बेलबासे र प्रमुख कार्यकारी सहायक चन्द्रमणी भुसाललाई पनि पद हस्तान्तरण गरिएको थियो। 

सो अवसरमा पत्रकार तेजेन्द्र केसीलाई स्व.गणेशमान सैंजु बुटवल जेसिज पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । 



प्रतिक्रिया दिनुहोस !