माघ १४ देखि कोरोनाविरुद्धको खोप लगाउने सरकारको तयारी
९ माघ, काठमाडौं । नेपाल सरकारले कोरोनाविरुद्धको खोप माघ १४ देखि लगाउन सुरु गर्ने तयारी गरेको छ । सरकारले पहिलो चरणमा कोरोना संक्रमण नियन्त्रणका लागि अग्रभागमा रहेर काम गर्नेलाई खोप लगाउने तयारी गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र प्रहरी बलको २०औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा माघ १४ गतेबाट कोरोना विरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन् । उनले भने, ‘मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको शुरुवात भइसकेको छ र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेका छौँ ।
पर्याप्त खोप आइनसकेकाले अझै केही महिना सावधानी अपनाउन उनले सबैलाई आग्रह गरेका छन् ।