५ जेष्ठ २०८१, शनिबार

आज २४ घण्टामा ४८० जना संक्रमणमुक्त, ७ जनाको मृत्यु



९ माघ, काठमाडौं । आज पछिल्लो २४ घण्टामा नेपालभर थप ४८० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६३ हजार ३४८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९८६ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !