१ जेष्ठ २०८१, मंगलवार

कृषि विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)



९ माघ, काठमाडौं । कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ।

आज गोरखापत्रमा सूचना निकालेर बैंकले स्थायी दरबन्दीका लागि जागिर खुला गरेको हो।

बैंकले वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ ईञ्जिनियरलगायत पदमा अधिकृत र विभिन्न पदमा सहायक माग गर्दै दरखास्त आह्वान गरेको छ । बैंकले विभिन्न पदका लागि कूल ३२६ जना कर्मचारी मागेको हो।

अनलाइनबाट पनि दरखास्त आवेदन दिन सकिने बैंकले जनाएको छ। माघ ९ गतेदेखि २९ गतेसम्म दरखास्त दिन सकिने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !