२७ बैशाख २०८१, बिहीबार

ग्रीनलाइफ हाइड्रोपावरले आइपीओ बिक्री गर्न बोर्डले दियो अनुमति



९ माघ, काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावरले आइपीओ बिक्री गर्न अनुमति पाएको छ । कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरले ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको हो । यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको सेयरसमेत थप गरी सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।

ग्रीनलाइफले दोलखा जिल्लाका स्थानीयलाई कुल १८ लाख कित्ता आइपीओ निष्कासन गर्दा १ लाख ३ हजार ६०० कित्ताका लागि मात्रै आवेदन परेको थियो । १ हजार २१६ जना स्थानीयले मात्र सेयर भरेका थिए । कुल १६ लाख ९६ हजार ४०० कित्ता सेयर बिकेको थिएन ।

उक्त सेयर सर्वसाधारणलाई थप गरी अहिले बिक्री गर्न अनुमति पाएको हो । ग्रीनलाइफको आइपीओमा बीओके क्यपिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । यसले दोलखा जिल्लाको मारबु गाउपालिकामा, ४० मेगावटको खानीखोला १ हाइड्रोपावर निर्माण गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !