२९ बैशाख २०८१, शनिबार

यस्तो छ, आज दिनभरको मौसम पूर्वानुमान



काठमाडौं । हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा सामान्यतया सफा रहनेछ। तराईका केही स्थानमा बिहानीपख हुस्सु–कुहिरो लाग्ने सम्भावना देखिन्छ ।

आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सफा रहनेछ।



प्रतिक्रिया दिनुहोस !