४ जेष्ठ २०८१, शुक्रबार

तीन ठूला दल नेकपा, कांग्रेस र जसपा छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं । परिवर्तित राजनीतिक घटनाक्रमका विषयमा आगामी रणनीति बनाउन आज छुट्टाछुट्टै तीन ठूला राजीतिक दलको केन्द्रीय समिति बैठक बस्र्दै छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले छुट्टाछुट्टै बैठक बोलाएका छन् ।

सत्तारूढ दल नेकपाभित्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले ९ बजे बालुवाटारमा र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १ बजे केन्द्रीय कार्यसमिति बैठक राखेका छन्।

प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दिउँसो १ बजे थापाथलीस्थित कार्की पार्टी प्यालेसमा केन्द्रीय समिति बैठक बोलाएका छन्। नेकपाका छुट्टाछुट्टै बैठकपछि दल विभाजनको औपचारिक सुरुवात हुने बताइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक राखेको छ। प्रधानमन्त्रीको कदम असंवैधानिक भनेको कांग्रेसले सोमबार नेकपाका प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र जसपाका अध्यक्ष महन्थ ठाकुरलगायत दुई दलसँग संयुक्त बैठकसमेत गरेको थियो।

यी दलका नेताहरूले आज बस्ने केन्द्रीय समिति बैठकबाट थप संघर्षका कार्यक्रम ल्याउने सहमति गरेका थिए।

जनता समाजवादीले बुधबार देशैभर प्रदर्शनको निर्णग गर्ने बताएको छ । आज मध्यान्ह १२ बजे बस्ने केन्द्रीय कार्यकारिणी बैठकबाट थप कार्यक्रमबारे घोषणा गरिने जसपाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !