५ मंसिर २०८१, बुधबार

‘कोठा भित्रको खासखुसले श्रीमानहरुलाई प्रभावित नगरोस्’: नेता थापा



काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले संसद विघट बारे सर्वोच्चमा जारी बहसमा कसैप्रति प्रभावित नहुन न्यायधिसहरुलाई आग्रह गरेका छन् । विधानको रक्षा गर्दै सर्वोच्चले संसद पुनःस्थापनको पक्षमा फैसला गर्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसले न्यायलयलाई प्रभावित पार्ने गरी कुनै पनि गतिविधि नगरेको दाबी गर्दै उनले भने ‘श्रीमानहरु बाहिरी हल्लाको प्रभावमा वा कोठा भित्रको खासखुसमा प्रभावित नहुनुस् ।’ सर्वोच्च अदालते संसद पुनःस्थापनको पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गर्दै उनले भने ‘श्रीमानहरुले संविधानलाई टेकेर निर्णय गर्नुस्, छिटो निर्णय गर्नुहोस् ।’ संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक मात्र नभई चरम अराजनैतिक र अनाधिकृत भएको उनले उल्लेख गरे ।

नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले विहिबार बुटवलमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री ओलीसँग योज्ञता नभएको तर अहंकार भएको आरोप लगाए । संसद विघटन गर्ने कदम प्रधानमन्त्रीले नशामा लठ्ठ भएर गरेको निर्णय नभई विगत दुई/दुई वर्षको योजना अनुसार गरेको उनको आरोप छ । प्रधानमन्त्री ओलीको भँजाहा प्रवृत्तिले सिँगो देशलाई दुर्घटनातर्फ लगेको बताउँदै उनले प्रधानमन्त्रीको वरीपरी बस्नेतहरुल पनि उनलाई त्यस्तो बनाउन सहयोग गरेको तर्क गरे ।



प्रतिक्रिया दिनुहोस !