१० मंसिर २०८१, सोमबार

भारतीय प्रधानमन्त्री मोदी तथा मुख्यमन्त्रीहरुले कोरोनाविरुद्धको दोस्रो चरणमा खोप लगाउदैँ



एजेन्सी। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले कोरोना विरुद्धको दोस्रो चरणमा खोप लगाउने भएका छन ।

भारतमा यही जनवरी १६ मा पहिलो चरणको देशव्यापी खोप अभियान शुरु गरिएको थियो जसमा करिब तीन करोड डोज खोप लगाउने तयारी छ । पहिलो चरणमा सरकारले स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई खोप दिँदैछ ।

सरकारी अधिकारीहरुका अनुसार आगामी मार्च वा अप्रिलमा शुरु हुने दोस्रो चरणको अभियानमा ५० वर्षभन्दा माथिका सबै सांसदहरुलाई पनि खोप दिने तयारी छ ।



प्रतिक्रिया दिनुहोस !