कोरोनाविरुद्धको ‘कोभिसिल्ड’खोप नेपाल आइपुग्यो
माघ ८ काठमाडौं । कोभिड–१९ विरुद्धको खोप नेपालमा पनि आइपुगेको छ ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ काठमाडौं आइपुगेको बताइएको छ ।
खोप बोकेको एयर इन्डियाको जहाज बिहान ११ः ५२ मिनेटमा त्रिभुवन विमानस्थल अवतरण गरेको हो मुम्बईबाट दिल्ली ल्याइएको खोप त्यहाँबाट नेपाल ल्याइएको हो ।
उक्त खोप केहीबेरमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्त्रण गर्ने बताइएको छ ।
भारतले पहिलो चरणमा कोभिसिल्ड खोप उपलब्ध गराएको हो । सरकारले ७७ जिल्लामा एकसाथै खोप अभियान सुरु गर्ने गरी तयारी गरिरहेको छ ।