२६ बैशाख २०८१, बुधबार

बढ्यो सुनचाँदीको मूल्य, तोलामा कति छ आज ?



काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर तोलाको ९३ हजार १ सय रुपैयाँ पुगेको छ ।

हिजो सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज २० डलरले बढेर सुन प्रतिऔंश १८ सय ७२ डलर पुगेको छ । यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !