शेयर बजारका आकर्षण बढ्यो, डिम्याट खाता खोल्नेको संख्या २६ लाख नाघ्यो
काठमाडौं । एक हप्ता अघि चन्द्रगिरिको आइपीओ १२ लाख ५१ हजार १० जनाले आवेदन दिएका थिए । त्यसको एक हप्तापछिको तथ्यांक हेर्दा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा हालसम्मकै उच्च १५ लाख २९ हजार ४६० जनाले आवेदन दिएका छन् । माथिको तथ्यांकल आकर्षण बढेको देखाउछ ।
यसरी इन्फ्रास्ट्रकचर बैंकको आइपीओसँगै डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै बढेको हो । माघ ४ गतेमात्र एकै दिन ८१ हजारभन्दा बढीले डिम्याट खाता खोलेका छन् । माघ ६ गते २८ हजार ७५८ जनाले डिम्याट खाता खोलेका थिए । हिजोसम्म डिम्याट खाता खोल्नेको संख्या २६ लाख १० हजार ८६२ पुगेको छ ।
शेयर बजारमा थोरै लगानी गरेर प्रवेश गर्न सकिने भएकाले पनि यसमा सर्वसाधारण आकर्षण भएको हो । जानकारहरुका अनुसार अनलाइनबाट शेयर कारोबार हुन थालेपछि नै सबैको आकर्षण यसमा बढेको हो ।