२९ बैशाख २०८१, शनिबार

आज २०७७ माघ ८ गते बिहिवारको राशिफल



आज २०७७ माघ ८ गते बिहिवारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेषराशि

मित्र वा आफन्तको सहयोग मिल्नेछ । तिर्थाटनको योग पनि छ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ ।

मिथुनराशि

सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ ।

सिंहराशि

व्यावसायिक काममा राम्रै फड्कोमार्न सकिनेछ । आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विचार, विद्या र बुद्धिको विकास हुनेछ ।

तुलाराशि


बौद्धिकताको विकास हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

धनुराशि


आज पुनर्मिलनको योग पनि रहेको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

कुम्भराशि

भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्म र कर्ममा मन पनि लाग्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ ।

बृषराशि

प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनसक्छ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

कर्कटराशि

नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

कन्याराशि

आज मनमा निरासा र शरीरमा आलस्य आउन सक्छ ।
दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

बृश्चिकराशि

आज आर्थिक कारोवारमा सफलता पाईएला । महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । नयाँ सामान हात पर्ने र शिक्षामा सफलता मिल्नेछ ।

मकरराशि

बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । शुभ समाचार आउन सक्छ ।

मीनराशि

आज मान प्रतिष्ठामा बृद्धि होला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन ।



प्रतिक्रिया दिनुहोस !