छाडे रवि लामिछानेले न्युज २४, यस्तो छ कारण
काठमाडों । ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेका छन्।
उनले बुधबार साँझ एक पोष्ट सेयर गर्दै भोलि प्रसारण हुने कार्यक्रमनै न्युज २४ टेलिभिजनमा बज्ने अन्तिम कार्यक्रम हुने उल्लेख गरेका छन्।
लामिछानेले आफ्नो कार्यक्रमा जनचासोका बिषय समावेश गर्ने भएकाले उनको कार्यक्रम युवा पुस्ता माँझ लोकप्रिय बनेको थियो।
न्युज २४ टिभीमा करिब ५ बर्ष अघि आवद्ध भएका लामीछाने सो टेलिभिजनमा कार्यक्रम विभागमा प्रमुख कार्यकारी निर्माता एवं प्रस्तोताका रूपमा कार्यरत थिए।
उनी अब नयाँ आउन लागेको टेलिभिजनमा जान लागेको र सोही टिभीबाट कार्यक्रम प्रस्तुत गर्ने बताइएका छन्। सिधा कुरा जनतासँग कार्यक्रम चलाउने क्रममा लामीछानेले तालीसँगै गाली र अवरोध पनि झेलेका थिए।