२७ बैशाख २०८१, बिहीबार

गगनको उमेर अझै सानै छ, सभापति हुने समय आएको छैन – सिटौला

चुनाव जितेर देखाउन गंगन थापालाईं चुनौती



माघ,७ काठमाडौ ।नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलाले आफ्नै समुहका प्रभावशाली नेता गगन थापाको सभपाति बन्ने बेला नभएको बताएका छन् । उनले आफ्नो समुहबाट आफै सभापतिको उमेदवार बन्ने समेत घोषणा गरे ।

नेता सिटौलले गगनलाई चुनाव लडेर सभापति बन्न चुनौती दिएका छन् । उनले वीपी कोइराला पनि चुनाव लडेर सभापति भएको स्मरण गर्दै चुनाव युवाहरुलाई कसैले दिने नदिने भन्दा पनि चुनाव जिताएर देखाउन चुनौती दिएका छन् ।

सिटौलाले सवै प्रदेशको अधिवेशन सकिएपछि मात्र कसको भूमिका के हुने भन्ने टुंगो लाग्ने बताए । उनले शेरबहादुर देउवा र बिमलेन्द्र निधी आफु सभापतिमा उठ्ने तयारीमा रहेको जानकारी आफूलाई गराएको बताए ।



प्रतिक्रिया दिनुहोस !