१८ बैशाख २०८१, मंगलवार

नौ महिना पछि आजबाट काठमाडौं–दिल्ली उडान सुरु



काठमाडौं । बिहीबारदेखि काठमाडौं–दिल्ली नियमित उडान सुरु भएको छ ।

कोभिड–१९ का कारण गत चैतयता प्रभावित हुँदै आएको नेपाल एयरलाइन्सको काठमाडौं–दिल्ली उडान पुनः सञ्चालनमा आएको छ ।

बिहीबार (आज) बिहान सवा ११ बजे नेपाल एयरलाइन्सको ए–३२० न्यारोबडी जहाजबाट औपचारिक रुपमा नियमित उडानको शुरुवात गरिएको हो ।

सवा ११ बजे काठमाडौंबाट दिल्ली उडेको जहाजले आजै दिउँसो २ बजे दिल्लीबाट काठमाडौं फ्लाइट गर्ने नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् ।

कोभिडपछि पहिलो पटक भएको जहाजमा अक्कुपेन्सी (प्यासेन्जर) राम्रो रहेको प्रवक्ता श्रेष्ठले बताइन् । तर, कति प्यासेन्जर बोकर जहाज उड्यो सो भने तथ्याङ्क निगममा आइन नसकेको उनले बताइन् ।

भदौबाट अन्तराष्ट्रिय उडान खुला गरेपनि भारतसहित दक्षिण एसियाली मुलुकका लागि भने अनुमति दिइएको थिएन ।

 

 



प्रतिक्रिया दिनुहोस !