२७ बैशाख २०८१, बिहीबार

आज नेप्से १५ अंकले बढ्यो, ६ अर्ब २१ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर बजारमा ६ अर्ब २१ करोड रुपैयाँको कारोबार भएको छ। आज २ सय ११ कम्पनीको सेयर कारोबार भएको हो।

आज नेप्से १५.८७ अंकले बढेर २३ सय ४२ दशमलव ७६ विन्दुमा पुगेको छ। उक्त कारोबारमा १ करोड ५९ लाख ८१ हजार ९ सय ५२ कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ५३ हजार ३ सय ३४ पटक सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ।

कुल १२ समूहमध्ये आज वाणिज्य बैंक, व्यापार, होटल, उत्पादन र अन्य समूहको कारोबार सूचक झरेको छ भने बाँकीको कारोबार सूचक बढेको छ।

नेपाल लाइफ इन्स्योरेन्सको आज सर्वाधिक ६१ करोड ४० लाखको कारोबार भएको छ। दोस्रो सर्वाधिक कारोबार भने प्रभु बैंकको छ। बैंकको २९ करोड ५२ लाखको, पुनर्बीमा कम्पनीको २७ करोड ३६ लाखको, शिखर इन्स्योरेन्सको २५ करोड १९ लाखको र एनआईसी एसिया बैंकको १८ करोड २८ लाखको कारोबार भएको हो।

आज १५ कम्पनीको सेयर १० प्रतिशत हाराहारीमा बढेको छ। यी कम्पनीका लगानीकर्ताले कमाउँदा गुमाउनेले भने आज ३.९५ प्रतिशतसम्म गुमाएका छन्।



प्रतिक्रिया दिनुहोस !