४ जेष्ठ २०८१, शुक्रबार

आज न्यूनतम तापक्रममा वृद्धि, पश्चिमी वायुको प्रभावले आंशिक वदली



काठमाडौं । आज पश्चिमी वायुको प्रभावले आंशिक बदलीको अवस्था रहेको छ ।

तराईका क्षेत्रमा हुस्सु लागेको छ । रातको समयमा बादल लागेकाले मुलुकभरको औसत तापक्रम पनि आज बढेको छ ।

सोमबारको तुलनामा मुलुकभरको औषत तापक्रम १ डिग्री बढेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । आज काठमाडौँको अधिकत तापक्रम १८ देखि २० डिग्रीसम्म रहने अनुमान गरिएको छ । सोमबार काठमाडौँ उपत्यकाको तापक्रम ३.३ डिग्री मापन गरिएको थियो ।

अहिले गण्डकी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहे पनि बाँकी भू-भागको मौसम सफा रहेको छ



प्रतिक्रिया दिनुहोस !