१० मंसिर २०८१, सोमबार

प्रतिनिधि सभा विघटन मुद्दा: कानुन व्यवसायीलाई बहस गर्न समय निर्धारण



काठमाडाैँ। प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिट निवेदनको बहसमा कानून व्यवसायीको लागि बुधबारबाट समय निर्धारण गरिएको छ। एउटै कानून व्यवसायीले बहसको लागि लामो समय लिँदा फैसला ढिलाइ हुने चिन्ता बढिरहेका बेला समय निर्धारण गरिएको हो ।

प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संबैधानिक इजलासमा आइतबारदेखी निरन्तर सुनुवाइ भइरहेको छ। आज संबैधानिक इजलासमा सुरुमा अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बहस गरेका थिए। उनलाई प्रधान न्यायधिस चोलेन्द्र शम्सेर जबराले आधा घण्टा समय निर्धारण गरेका थिए।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसी छन्। पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेबी भण्डारीले संसद विघटन गरी निर्वाचनको घोषणा गरेपछि सर्वोच्च अदालतमा एक दर्जन बढी रिट परेको छ। 



प्रतिक्रिया दिनुहोस !