२७ बैशाख २०८१, बिहीबार

कतिले उकालो लाग्यो सुनको मूल्य ?



काठमाण्डौं । स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला रु ५०० ले उकालो लागेको छ । प्रतितोला रु ९२ हजारमा मङ्गलबार कारोवार भएको छापावाला सुन आज तोलामा रु ५०० ले उकालो लागेर रु ९२ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा रु ९१ हजार ५०० मा कारोवार भएको तेजाबी सुन आज रु ९२ हजार मूल्य निर्धारण भएको छ । यस्तै चाँदी तोलामा नै रु १५ ले वृद्धि भएको छ । चाँदी तोलामा रु एक हजार २४५ मा मङ्गलबार कारोवार भएको थियो । चाँदी तोलामा आज रु एक हजार २६० मूल्य निर्धारण हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस !