२८ बैशाख २०८१, शुक्रबार

ओली पक्ष रोक्ने दाउमा, प्रचण्ड–माधव पक्ष प्रतिवादको तयारीमा



माघ,७ काठमाडौ ।प्रदेश १ को प्रदेश सभा बैठक आज दिउँसो २ बजे बस्दैछ । मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको बैठकमा नेकपाको ओली पक्ष र प्रचण्ड–माधवपक्ष आ–आफ्नै रणनीतिका साथ बैठकमा सहभागी हुने तयारीमा लागेका छन् ।

यसअघि ओली पक्षले प्रचण्ड–माधव पक्षका १६ सांसदलाई संसदीय गतिविधिमा संलग्न हुन नदिने निर्णय गरेको थियो भने प्रचण्ड–माधव पक्षले ८ जना सांसदलाई कारवाही गरेको थियो । आफ्नो पक्षले कारबाही गरेका सांसदलाई प्रदेशसभा बैठकमा प्रवेश नदिन ओली पक्षका सांसदहरु बैठक सुरु हुनुअघि सभामुखसमक्ष डेलिगेशन जाने तयारीमा छन् ।

प्रचण्ड माधव पक्षका सांसद राजेन्द्र कुमार राईले बहुमत पक्षले गरेको निर्णय लागु हुने बताए । उनले ओली पक्षले आफुहरुलाई संसदीय गतिविधिमा सहभागी हुन नदिने भनेर प्रोपोगाण्डा मच्चाएको भन्दै यदि निषेध भए प्रतिवाद गर्ने बताए ।

‘हामीलाई बैठकमा सहभागी हुन नदिने भनेर प्रपोगाण्डा चलाएका छन् । यदि साच्चै त्यसो गरे हामीपनि प्रतिवाद गर्छौ । उनीहरुले कारवाहीको कुरा गरे हामी पनि गर्छौ,’राईले भने ।

उता, ओली पक्षका प्रमुख सचेतक बुद्धीकुमार भण्डारीले कारबाही गरिएका सांसदहरु प्रदेशसभा बैठकमा प्रवेश नपाउने भएकाले सोही अनुसार सभामुखसँग छलफल गर्ने बताए । यो प्रदेशमा प्रचण्ड माधव पक्षले ओली पक्षका मुख्यमन्त्रीसहित आठ सांसदलाई कारवाही गरेको छ ।



प्रतिक्रिया दिनुहोस !