२ जेष्ठ २०८१, बुधबार

बुटवलमा प्रथम ग्रिन फिल्ड खुल्ला फुटसल



बुटवल।बुटवलमा माघको ७ र ८ गते प्रथम ग्रिन फिल्ड खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ। देबिनगरमा रहेको ग्रिन फिल्ड फुटसलको मैदानमा हुने प्रतियोगितामा रुपन्देही, पाल्पा, नवलपरासी र कपिलबस्तुका २८ टिमले सहभागिता जनाउने छन्।

युवाहरुलाई दुरव्यसनबाट टाढा राख्दै खेलकुद प्रति आकर्षण बढाउदै शारिरिक र मानसिक रुपले बलियो बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको ग्रिन फिल्ड फुटसल बुटवलका अध्यक्ष अर्जुन के सि ले जानकारी दिए।

उपाधि बिजेताले ३० हजार र उपबिजेताले १५ हजार नगद र ट्रफि प्राप्त गर्ने कार्यक्रम संयोजक बिष्णु कसौधनले बताए। ग्रिन फिल्ड बुटवल उपमहानगरपालिमा रहेको एकमात्र फुटसल हो । 



प्रतिक्रिया दिनुहोस !