कांग्रेस र दाहाल-नेपाल समूहका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाइ फायर
काठमाडौं । रुकुम पश्चिममा मंगलबार नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा नियन्त्रणका लागि प्रहरीले हवाइ फायर गरेको छ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ राडी बजारमा नोपली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका कार्यकर्ताबीच झडप भएको थियो ।
झडप नियन्त्रणमा लिन प्रहरीले एक दर्जन बढी राउण्ड हवाइ फायर गरेको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख (डीएसपी) ध्रुवकुमार श्रेष्ठले स्थिति नियन्त्रणका लागि प्रहरीले केही सेल अश्रु ग्यास र हवाइ फायर गरेको बताएका छन् ।
उनले घटना स्थलमा जिल्ला प्रहरी कार्यालयको टोली र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको बताए । उनले ५ बजेदेखि अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरिएको समेत जानकारी दिए ।
डीएसपी श्रेष्ठका अनुसार दुवै पार्टीका कार्यकर्ताबीच सोमबार बेलुकी झड्प भएको थियो। सोमबार सहमति गरे पनि मंगलबार बिहानैदेखि पुनः झडप सुरु भएको थियो।
झडपमा ९ नम्बर वडाका वाडाध्यक्ष तारकबहादुर शाही र ३ प्रहरी गरि ४ जना घाइते भएका छन् ।